अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

  • १५ आश्विन २०८१, मंगलवार
  • 643 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गलेश्वरधाम आमा समूह, ज्येष्ठ नागरिक आश्रम, वडा कार्यालय, सामाजिक विकास कार्यालय लगायतले सम्मान गरेका हुन् ।


कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई फलफुल र लठ्ठी वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिका– ९ का वडा अध्यक्ष चक्र केसी, गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मी, ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, पौलत्स्य पुहल अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र प्रसाद सुवेदी, ज्येष्ठ नागरिक समाज गण्डकीका अध्यक्ष गुमानसिंह बानियाँ, गलेश्वरधाम आमा समूहका अध्यक्ष फुलकुमारी रोका लगायतले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो ।