हुलाकेमा बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक अबरुद्ध, स्कार्पियो बगाएर खोल्सामा

  • ९ भाद्र २०८१, आईतवार
  • 1955 पटक पढिएको

बेनी–बागलुङ सडक पूर्ण रुपमा बन्द भएको छ । गयराती परेको अबिरला बर्षाको कारण म्याग्दीको बेनी नगरपालिका– १ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो ।

 

बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पु¥याएको छ । बाढीले सडक अबरुद्ध भएपछि गयराती पोखराबाट बेनी आउँदै गरेको ग २ च ९३५५ नम्बरको स्कार्पियो जीपलाई समेत बाढीले बगाएर खोल्सामा खसालेको छ । स्कार्पियोमा सवार यात्रुहरुलाई भने बेनीबाट गएका उद्धारकर्मी र प्रहरीले उद्धार गरेको थियो ।


ठाडो खोल्सामा आएको बाढी सडकको नहरको क्षमताले धान्न नसकेपछि सडकबाट बगेको थियो । सडक कालोपत्रे गर्ने समयमा नै ठाडो खोल्सामा आउने बाढीलाई निकास दिने गरि पूर्वाधार बनाउन ध्यानकर्षण गराएको भएपनि सुनुवाई नभएकाले बाढीले क्षति पु¥याएको स्थानीय कमला खत्रीले बताउनुभयो । उहाँले बाढीको कारण दुई घरमा क्षति पु¥याएको र चार घर जोखिममा परेको समेत जानकारी दिनुभयो ।
सडक अबरुद्ध भएपछि अहिले बागलुङबाट बेनी आउने र बेनीबाट बागलुङतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् । बाढीले बगाएर खोल्सामा खसालेको स्कार्पियोलाई बाहिर ल्याउने र सडकलाई डोजर लगाएर मर्मत गरी सूचारु गर्ने तयारी गरिएको घटनास्थलमा रहनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार मणिराम अर्यालले जानकारी दिनुभयो ।