म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि खुल्ला फोटो प्रतियोगिता आयोजना
- १ भाद्र २०८१, शनिबार
- 245 पटक पढिएको
म्याग्दी , १ भदौ । म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि जिल्लामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको खुला फोटो प्रतियोगिता आयोजना गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा म्याग्दीको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसारका लागि ‘खुला फोटो प्रतियोगिता –२०२४ आयोजना गरिएको हो ।
प्रतियोगितामा म्याग्दीका पर्यटकीय क्षेत्रलाई समेट्ने फोटो खिच्न चाहने र फोटो खिचेका सबै जिल्लाका नेपालीहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु १ लाख, ५० हजार र २५ हजारको साथमा ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।
मोना अष्ट्रेलियाले गत बर्ष आयोजना गरेको फोटो प्रतियोगिताले म्याग्दीका पर्यटकीय ठाउँहरुको उजागर गर्न सघाउ पु¥याएकाले यस बर्ष मोना अष्ट्रेलिया र म्याग्दी उद्योग बाणिज्य संघले सहकार्य गरेर उच्च पुरस्कार राशि राखेर प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
मोना अष्ट्रेलिया र म्याग्दी उद्योग बाणिज्य संघले शनिवार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको उदेश्य र तयारीबारे जानकारी गराएका छन् । कार्यक्रममा मोना अष्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले पर्यटन क्षेत्रमा म्याग्दीमा रहेको सम्भावनालाई उजागर गर्न, प्रचार प्रसार प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले प्रतियोगितामा समावेश हुने तस्बिरहरुलाई वेभसाइट मार्फत समेत प्रचार प्रसार गरिने बताउनुभयो । प्रतियोगितामा म्याग्दीको पर्यटन क्षेत्रसंग सम्बन्धित पर्यटकीय, धार्मिक, साँस्कृतिक, जनजीवनसंग सम्बन्धित तस्बिर सहित पाँच सय शब्दमा तस्बिरको व्याख्या र वर्णनलाई समावेश गरिनेछ ।
भदौ १ गतेदेखि १४ गतेसम्म फोटो प्रतियोगितामा सहभागीबाट फोटो संकलन गरिने र भदौ १५ गतेदेखि असोज १५ गतेसम्म सामाजिक सञ्जाल फेसबुक पेज मार्फत प्रतियोगिहरुको तस्बिर प्रतिस्पर्धामा राखिने प्रतियोगिताका संयोजक पौडेलले बताउनुभयो ।