मोना जापानको साधारण सभा तथा क्षेत्रीय भेला नागोयामा हुने
- २७ श्रावण २०८१, आईतवार
- 301 पटक पढिएको
जापान, २८ साउन । म्याग्दी प्रवासी नेपाली संघ( मोना) जापानको साधारण सभा तथा क्षेत्रीय भेला नागोयामा हुने भएको छ । मोना जापानको आयोजना तथा क्षेत्रीय समिति नागोयाको व्यवस्थापन तथा अन्य क्षेत्रीय समितिहरुको सहआयोजनामा सेप्टेम्बर ८ मा नागोयामा हुने कार्यक्रमको तयारी सुरु गरिएको छ ।
साधारणसभा तथा क्षेत्रीय भेलामा जापानमा रहनुभएका सम्पूर्ण म्याग्देलीहरुलाई सहभागीताका लागि आह्वान गरिएको मोना जापान, क्षेत्रीय समिति नागोयाका संयोजक सागर थापा बगालेले जानकारी दिनुभयो । साधारण सभामा मोनाको गतिविधि र कार्यक्रमको समिति सहित आगामी कार्ययोजना समेत तयार गरिने जनाइएको छ ।
मोना जापानले गृहजिल्लामा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने जापानमा अप्ठेरोमा परेका म्याग्देलीहरुलाई समेत सहयोग गर्दै आएको छ । पछिल्लो पटक मोना जापानले टोकियोमा आयोजना गरेको मोना फेस्टिवलले जापानमा रहेका नेपाली र जापनीज समुदायमा समेत थप परिचित गराएको छ ।