म्याग्दीमा धान दिवस मनाइयो
- १६ असार २०८१, शनिबार
- 511 पटक पढिएको
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित ठूलोखोलामा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना, ठूलोखोला महिला कृषक समुहको ब्यवस्थापनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको हो ।
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दिवसमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बेनी नगरपालिकाकी उपमेयर ज्याति लामिछाने,जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।
कृषि पेशामा सक्रिय रहेकालाई लागत अनुसारको प्रतिफल दिने गरी रैथाने बिउको संरक्षण गदैं उन्नतजातका विउको प्रयोग गरी उत्पादन बढाउने गरी योजना बनाइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको भनाई छ ।
खाद्यान्न बालीमध्ये एक मानिने धानको उत्पादन बढाउन र किसानहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नको लागि नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रुपमा असार १५ गतेको दिनलाई मनाउने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोला बताउँछन् । पछिल्लो समय गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि किसानहरु मिनी टेलर हलो अर्थात् हाते ट्याक्टरप्रति आकर्षित भएका छन् । धान रोप्नको लागि अहिले देशैभर ट्याक्टरको प्रयोग बढ्दै गएको पाइन्छ ।