एसइई परिक्षामा म्याग्दीमा सामुदायिकतर्फ प्रकाश माविका घिमिरे सर्वोकृष्ट

  • १४ असार २०८१, बिहीबार
  • 2101 पटक पढिएको

माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० मा म्याग्दी जिल्लाबाट प्रकाश माविका सुधन घिमिरे सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट हुन सफल हनुभएको छ। घिमिरेले ३.८३ जिपिए ल्याएर सामुदायिक तर्फ जिल्लामा सर्वोकृष्ट हुन सफल हुनुभएको हो ।

जिल्लाको सम्रग नतिजामा घिमिरे द्धितिय भएको प्रकाश माविले जनाएको छ । त्यस्तै सामुदायिक विद्यालयको छात्रातर्फ प्रकाश माविकै सुजना श्रेष्ठले ३.७९ जिपिए ल्याउनुभएको छ । यसबर्ष प्रकाश माविका असिम पौडेलले ३.८२ जिपिए, सन्देश पौडेल ३.८२ जिपिए र एन्जल खड्काले ३.७३ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो ।

म्याग्दीमा यसपटक १८ सय ४० जना विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । ननग्रेडमध्ये पूरक परीक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत र अर्को बर्षको परीक्षा कुर्नुपर्ने विद्यार्थी ३२ प्रतिशतको हाराहारीमा रहेका छन् ।