बेनीमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु (तस्बिर/भिडिओ)

  • १४ जेष्ठ २०८१, सोमबार
  • कमल खत्री
  • 495 पटक पढिएको

म्याग्दी १४ जेठ । म्याग्दी सदरमुकाम बेनीमा आइतवारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवा कप’ भलिबल सञ्चालन गरिएको हो ।

 

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई नगद २ लाख रुपैयाँ, उपविजेतालाई नगद एक लाख २० हजार रुपैयाँ, तृतिय हुने समूहलाई नगद ५० हजार रुपैयाँ र सान्त्वना हुने समूहलाई नगद रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पुरुष भलिबलमा विभिन्न १३ समूहले सहभागीता जनाएका छन् ।
त्यसैगरि महिला भलिबलतर्फ प्रथम हुनेलाई नगद ८० हजार, द्धितिय हुने समूहलाई ४० हजार, तृतिय हुने समूहलाई नगद २० हजार र सान्त्वना हुने समूहलाई नगद १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने संघका अध्यक्ष विजय घर्तीमगरले जानकारी दिनुभयो ।


प्रतियोगिताको राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष थेबेले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपनि यसको विकासमा राज्यले उचित ध्यान र आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासले युवाहरुलाई सकरात्मक बाटोमा लाग्न प्रेरणा दिने राष्ट्रको चिनारी समेत हुने भएकाले खेलकुद क्षेत्रमा राज्यले उचित बजेट व्यवस्थापन र योजना कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले गण्डकी प्रदेश स्तरका पालिकाका युवाहरुको खेल प्रतिभा र क्षमताको पहिचान र प्रवद्र्धन गर्न प्रतियोगिताले सघाउनेमा जोड दिनुभयो ।    

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l