बेनी र मंगलाका जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम
- १४ जेष्ठ २०८१, सोमबार
- 271 पटक पढिएको
म्याग्दी १४ जेठ । म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । दुई पालिकाका जनप्रतिनिधि र कर्मचारी समेत गरेर ७० जनाको सहभागीता रहेको तालिम दुई दिनसम्म सञ्चालन हुनेछ ।
तालिमको सुभारम्भ गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले दुई पालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहभागी तालिमले अनुभव र कार्यकौसलको अनुभव आदान प्रदान संगै नविन सोच र क्षमताको अभिबृद्धिमा तामिलले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका उपमेयर ज्योति लामिछाने र मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले तालिमले योजना निर्माण र कार्यसम्पादनमा सकरात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा नेपाल सरकारका पूर्व सचिब कृष्णहरी बास्कोटा र पूर्व सहसचिब लक्ष्मी विलास कोइरालाले सहजीकरण गर्नुहुने छ ।
तालिममा बजेट निर्माण, सकरात्मक सोच, बरुजु नियन्त्रण, सार्वजनिक खरिद, लिजा तथा कार्यसम्पादन मूल्याङ्कन लगायतको बिषयमा सहजीकरण हुने जनाइएको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रशासकिय अधिकृत युवराज थापाले गर्नुभएको थियो ।