ढलान गरेको रड सडकमा यत्रतत्र भएपछि दुर्घटनाको जोखिम (तस्बिर)
- २३ पुष २०८०, सोमबार
- 283 पटक पढिएको
म्याग्दी, २३ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी स्थित गौथलीको उकालोमा ढलान गरेको सडक जिर्ण भएपछि दुर्घटनाको जोखिम भएको छ । तीन बर्ष अघि ढलान गरेको सडकमा अहिले ढलान गर्दा प्रयोग भएका रड बिच सडकमै यत्रतत्र भएका छन भने सवारी साधन र पैदलयात्रीहरुलाई समेत दुर्घटनाको जोखिम बढाएको छ । बिच सडकमा रडका टुक्राहरु ठाडो परेको कारण कुनैपनि बेला सवारी साधनहरु दुर्घटनामा पर्ने जोखिम छ ।