आँखा अस्पतालको भवन बनाउन समाजसेवी रोकाद्वारा नि:शुल्क जग्गा उपलब्ध

  • १३ पुष २०८०, शुक्रबार
  • धिरन खत्री
  • 401 पटक पढिएको

 

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई आँखा अस्पतालको भवन बनाउन नि:शुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।


बजारमूल्य करिव दुई करोड ५० लाख पर्ने बेनी नगरपालिका– ८ कालीपुलमा रहेको ७ आना १ पैसा ३ दाम रहेको जग्गाको लालपुर्जा दम्पती मुक्ति रोका याममाया रोकाले शुक्रबार नेपाल नेत्र ज्योती संघ म्याग्दीका सभापति अम्मर बानियाँलाई हस्तान्तरण गर्नुभयो ।
संघका सभापति रोका र जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीले जग्गा उपलब्ध गराउने रोकाको दम्पतिलाई फूलमाला र खादाले सम्मान गर्नुभएको थियो । जन्म गाउँ दरवाङ हुँदै सदरमुकाम बेनी लामो समय बसेर विभिन्न क्षेत्रमा नेतृत्व गरेर समाजसेवा गर्दै आउनुभएका ८० बर्षिय रोकाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जनतालाई लक्षित गरेर बेनीमा सुविधायुक्त आखाँ अस्पताल बनाउनका लागि नि:शुल्क भवन बनाउने जग्गा उपलब्ध गराउदाँ विगत आफुले देखेको सपना पुरा हुन लागेको बताउनुभयो ।


‘नेपाल रेडक्रस सोसाईटीमा नेतृत्व गर्दा यो सपना देखेको थिए, पछिल्लो समय आफैमा आँखामा समस्या भएपछि उपचार खोजीमा पोखरा काठमाण्डौ गर्न पर्‍र्यो, जनतालाई मलाई जस्तै समस्या आगामी दिन आउँदा जिल्ला बाहिर जानुपर्ने समस्यालाई निराकरण गर्नका लागि यो जग्गा नि:शुल्क उपलब्ध गराएको छु,’– उहाँले भन्नुभयो ‘स्वास्थ्य अवस्थाले म्याग्दीनै बसेर निरन्तर समाजसेवा गर्न दिएन्, नेपाल नेत्र ज्योती संघ म्याग्दीले लिएर आएको योजनालाई पुरा गर्न जग्गा उपलब्ध गराएको छु, यसमा सुविधायुक्त भवन निर्माण गरेर आँखा उपचार सेवा संचालन गराउन संघका कार्यसमिति, म्याग्दीबासीलाई आग्रह गर्नुभएको छ ।’


म्याग्दी अस्पताल विकास समितिको अध्यक्ष र नेपाल रेडक्रस सोसाईटीको सभापतीमा हुदाँ हिमालय आँखा अस्पतालको आर्थिक तथा प्राविधि सहयोगमा रेडक्रम मार्फत आँखा उपचार केन्द्र स्थापना गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, आफ्नो पहलमा स्थापना भएको आँखा उपचारलाई ब्यवस्थित र सुविधायुक्त सेवा संचालनको भवन बनाउनका लागि जग्गा उपलब्ध गराएको छु ।जिसस उपप्रमुख खत्री, सभापति बानियाँले बजारको ठुलो मूल्य पर्ने जग्गा नि:शुल्क उपलब्ध गराउने रोकाको परिवारलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । उहाँहरुले प्राप्त जग्गामा सुविधायुक्त आँखा अस्पतालको भवन बनाएर गुणस्तरीय सेवा संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

संघका उपसपभातिको राजेन्द्रकुमार श्रेष्ठको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य राख्नुभएको थियो

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l