बेनी आक्रमणको ‘साँछी’ बनेको युद्धपोल १३ बर्षपछि फिर्ता

  • २१ मंसिर २०८०, बिहीबार
  • 387 पटक पढिएको

बेनी, २१ मंसिर : तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोल फिर्ता भएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको पोल २०६७ असोज २१ गते काठमाण्डौमा पु¥याईएको थियो । काठमाण्डौ स्थित मदन पुरस्कार पुस्तकालय गुठीको हाताभित्र रहेको यालमायाँ केन्द्रमा राखिएको युद्धपोललाई विहिवार फिर्ता गरिएको हो । मदन पुरस्कार पुस्तकालयलाई बेनी नगरपालिकाबाट भएको लिखित पत्राचार र औपचारिक भेट गरि भएको आग्रह बमोजिम उक्त पोललाई फिर्ता गरेको हो । बेनी नगरपालिकाका नगर प्रहरी हवल्दार शंकर पौडेललाई केन्द्रले उक्त युद्धपोल हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

जिल्लाबाट भएको निरन्तरको पहलले युद्धपोल फिर्ता आएको र यसलाई बेनीमा निर्माण गरिने शान्ति पार्कमा युद्ध स्मारकका रुपमा संरक्षण गरिने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । बेनी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि केसीले युद्धपोललाई बेनीमा ल्याएर संरक्षण गर्ने निर्णयमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । नगरपालिकाले बेनीको विरेन्द्रचोक नजीकै शान्ति पार्क बनाउने तयारी गरेको छ ।
बेनीबाट मंगलाघाट जाने बाटोमा तत्कालिन सेनाको ब्यारेक अगाडी रहेको पोल बेनी भिडण्तमा दोहोरो गोली हानाहान हुँदा छियाछिया भएको थियो । बेनी आक्रमणको साँछि बनेको युद्धपोल जिल्लामा कुनै छलफल र निर्णय नगरिकन रातारात काठमाण्डौ पु¥याएपछि जिल्लामा यस बिषयमा निरन्तर बहस, छलफल र फिर्ताको लागि पहल हुँदै आएको थियो ।