म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते हुने
- १४ कार्तिक २०८०, मंगलवार
- 421 पटक पढिएको
म्याग्दी, १४ कात्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।
मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो ।
सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री माननिय विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको उपसभापती हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको तयारीका लागि कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको र कार्यक्रमको तयारी अन्तिम चरण रहेको पुगेको जानकारी दिनुभयो ।
उक्त सम्मेलनमा ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपपिस्थित हुने सचिव भरत बहादुर रकालले बताउनुभयो । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।
उहाँका अनुसार लामो समयपछि हुन लागेको सम्मेलनले म्याग्दी कांग्रेस अबका दिनका कार्यकर्तामाझ कसरी जाने भन्ने बिषयमा समेत योजना तयार गर्ने उहाँले बताउनुभयो ।
सम्मेलन जिल्ला समन्वय समितिको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने छ ।