मालिका आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईयो

  • ३० भाद्र २०८०, शनिबार
  • 519 पटक पढिएको

म्याग्दी भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाईएको छ । बार्षिकोत्सवको अवसरमा विद्यार्थी र अभिभावकहरुले साँस्कृतिक झाँकी सहित गाउँ परिक्रमा गरेका थिए । कार्यक्रममा विद्यालयको उत्कृष्ट शिक्षक र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक होमकुमारी नगरकोटी छन्त्याललाई उत्कृष्ट शिक्षक र लेसकुमारी छन्त्याललाई उत्कृष्ट अभिभावकको रुपमा प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।
उक्त अवसरमा अभिभावकहरुको लठ्ठी घुमाई खेल समेत सम्पन्न गरिएको छ । उक्त प्रतियोगितामा सुस्मिता रोकाय प्रथम र सरु छन्त्याल द्धितीय हुन सफल हुनुभएको थियो । कार्यक्रममा विद्यालयमा स्थापित पृर्थबहादुर सकमती अक्षयकोषबाट विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई स्टेशनरी तथा कक्षा १ का विद्यार्थीहरुलाई विद्यालय पोखाक वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बुढाथोकीको अध्यक्षता र वडा सदस्य टेकजीत छन्त्यालको प्रमुख आतित्यथमा सम्पन्न भएको कार्यक्रममा शिक्षक हिरा छन्त्यालले स्वागत गर्नुभएको थियो । प्रधानध्यापक खिममायाँ छन्त्यालले आर्थिक, भौतिक पक्षका बारेमा जानकारी गराउनुभएको कार्यक्रमको सञ्चालन शिक्षक राजन बानियाँले गर्नुभएको थियो ।
कार्यक्रममा अमर मावि पाखापानीका शिक्षक गणेश पौडेल, किशोरी ठाकुर, जनआदर्श आधारभूत विद्यालयका प्रअ फमायाँ पुन, शिक्षक मिना रोका, हरि आधारभूत विद्यालयका प्रअ सन्तुकुमारी पुन, रघुगंगा बहुउदेश्यिय सहकारी संस्थाका ऋण उपसमितिका संयोजक सोविसा पुन, नेपाल रेडक्रस सोसाईटी पाखापानीका सामाजिक परिचालक अशोक पुन लगायतको समेत सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुती राखेका थिए ।