दुर्गम बस्ती मंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच पुग्यो
- २६ भाद्र २०८०, मंगलवार
- 439 पटक पढिएको
बेनी, २६ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा केन्द्रीय विद्युतिकरणको पहुँच विस्तार भएको छ । अहिलेसम्म केन्द्रीय विद्युत सेवा नपुगेको दुर्गम बस्तीको रुपमा परिचित मंगले सहित वडा नम्बर ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा समेत केन्द्रीय विद्युतिकरणको पहुँच पुगेको हो । २१ घरधुरीको बसोबास रहेको मंगलेमा विजुलि बत्ति बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयबासी नरप्रसाद छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, यस अघि चिमखोलाको बगरखोला लघुजलविद्युतबाट विद्युत सुविधा पुगेको भएपनि मलाङको भिषण पहिरोले बिजुलिका पोल बगाएपछि गाउँ अन्धकार बनेको थियो ।
नेपाल विद्युत प्राधिकरणको बेनी वितरण शाखाले रघुगंगा गाउँपालिका–५ मुलपानीबाट मंगलेतर्फ केन्द्रीय विद्युतको मुख्य लाइन विस्तार र ट्रान्सफरमर जडान गरी घरघरमा मिटरबक्स जडान गरेपछि गाउँ उज्यालो बनेको छ । केन्द्रीय विद्युतिकरणको पहुँचले बिजुली बत्ति बाल्नुका साथै मोवाईल, ल्यापटप लगायतका विद्युतिय उपकरणको चार्ज गर्न र घरेलु उद्योग सञ्चालन गर्न समेत सहजता मिलेको छ ।
आर्थिक बर्ष २०७७÷०७८ बाट केन्द्रीय विद्युतिकरण विस्तार गर्ने योजना अघि बढेको र यसै साता यस क्षेत्रका ८७ घरमा मिटरबक्स जडान सकेर विजुलि बत्ति बाल्न सुरु भएको नेपाल विद्युत प्राधिकरण, बेनी वितरण शाखाका प्राविधिक प्रमुख शिबराज पौडेलले जानकारी दिनुभयो । मुख्य लाईन र शाखा लाईन संगै २५ केभिए र ५० केभिएका दुई वटा ट्रान्सफरमर जडान गरेर यस क्षेत्रमा विद्युतिकरणको पहुँच विस्तार भएको उहाँले बताउनुभयो ।
सडकमार्ग हुदै चिमखोला पु¥याइएको ट्रान्सफरमरलाई मलाङमा गएको पहिरोले सडक अवरुद्ध भएपछि यहाँ निर्माणधिन जलविद्युत आयोजनाको सुरुङमार्गबाट गौडामुनी पु¥याईएको थियो । गत बर्षसम्म म्याग्दीका ९३ प्रतिशत घरधुरीमा विद्युतीकरणको पहुँच पुगेको थियो । अहिलेसम्म जिल्लामा केन्द्रीय विद्युतिकरणको सुविधा लिएका ग्राहक संख्या कुल २२ हजार रहेको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिनुभयो ।
म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न चालु आर्थिक बर्षको लागि रु २० करोड बढी बजेट स्विकृत भएको छ । जिल्लाको सबै घरधुरीमा केन्द्रिय विद्युतिकरणको पहुँच पु¥याउने योजना अन्तरगत २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ रुपैयाँ नेपाल विद्युत प्राधिकरण मार्फत स्वीकृत भएर आएको हो ।
नेपाल विद्युत प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लागत स्टिमेटका आधारमा प्राधिकरण मार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशीक कार्यालय पोखराले चालु आर्थिक बर्षमै ठेक्का प्रकृया मार्फत अघि बढाउने तयारी गरको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले जानकारी दिनुभयो । (तस्बिर उपलब्ध छ)
कमल खत्री – – –