गलेश्वरमा डेङ्गु रोग सम्बन्धि सरसफाई र सचेतनामुलक कार्यक्रम

  • २० श्रावण २०८०, शनिबार
  • 309 पटक पढिएको

म्याग्दी २० साउन । बेनी नगरपालिका–९ गलेश्वरमा डेङ्गु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम र सरसफाई कार्यक्रम गरिएको छ । गलेश्वरधाम आमा समूहको आयोजनामा शनिवार गलेश्वरमा बजार क्षेत्र र डेङ्गुका लामखुट्टे रहने क्षेत्रलाई सरसफाई गरिएको हो ।


गलेश्वर आमा समुह, स्थानीयबासी, सशस्त्र प्रहरी गुल्म, गलेश्वर प्रहरी चौकी लगायतका विभिन्न संघ संस्थाका करिब १५० जना सहभागी टोलीले बजार क्षेत्रको सरसफाई गरिएको थियो ।

उक्त अवसरमा स्वास्थ्यकर्मी शिव प्रसाद पाण्डेले डेङ्गु लाग्ने कारण, बच्ने उपाय र नियन्त्रणका उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो । पछिल्लो समय डेङ्गुको संक्रमण बढ्दै गएको कारण सरसफाई र सचेतनामुलक कार्यक्रम गरिएको गलेश्वरधाम आमा समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिनुभयो ।