कालीपुल युनाइटेड क्लवको अध्यक्षमा अनिश गौचन चयन

  • १४ श्रावण २०८०, आईतवार
  • 251 पटक पढिएको

बेनी, १४ साउन । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन हुनुभएको छ ।
क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा सोनिया पुन, उपाध्यक्षमा करण राम्जाली, सचिवमा संगिता पुन, सहसचिवमा आसि पुन र सहकोषाध्यक्षमा सचित थापा चयन हुनुभएको छ ।

सदस्यहरुमा विनय थजाली, अरुणा पुन, मनिता गौचन, टिटस बि.क, रोजिना थजाली, रोशन थजाली, रोविन खड्का, युकेन तामाङ, सनम विक, साहिल थापामगर, अमन पुन र आदिथ्य वि.क. रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको बैठकले कृष्णकुमार विश्वकर्मा, सन्तोष तिलिजा, विकास पुन, डानियल फगामी (साजन), मनोज गौचन, दलप्रसाद पुन, बर्षा शाक्य, जगबहादुर गर्बुजा र दिलकुमारी गौचनलाई सल्लाहकारमा चयन गरेको छ ।

कालीपुल युनाइटेड क्लवले खेलकुद, संस्कृति संरक्षण सँगै विभिन्न सामाजिक गतिबिधि सञ्चालन गर्दै आएको छ ।