सिंगाका एमाले वडा कमिटी सचिव गुरुङ माओवादीमा प्रवेश

  • १ श्रावण २०८०, सोमबार
  • 363 पटक पढिएको

 

म्याग्दी, १ साउन । नेकपा एमाले बेनी नगरपालिका– ४ सिंगाका वडा कमिटी सचिव अम्मर गुरुङ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।


सोमबार थामडाँडामा आयोजित एक कार्यक्रममा युवासंघ जिल्ला सदस्य समेत रहनुभएका गुरुङ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।त्यसै गरी कार्यक्रममा स्थानीय कमल शेरचन पनि माओवादी पाटीमा आवद्ध हुनुभएको छ ।


पाटी प्रवेश गर्ने गुरुङ र शेरचनले मुलुक र जिल्लाको विकास, समृद्धि र सुशासनको क्षेत्रमा माओवादी पाटी र माओवादी नेतृत्वको सरकारले गरेको कार्यबाट प्रभावित भएर पाटी प्रवेश गरेको बताउनुभएको थियो ।

उहाँलाई नेकपा माओवादी केन्द्र बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसी, गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले अविर र मालाले स्वागत गर्नुभएको थियो ।