तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित
- १४ असार २०८०, बिहीबार
- 317 पटक पढिएको
म्याग्दी १४ असार । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरु पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो ।
म्याग्दीबाट शिब केसी, मुकुन्द छन्त्याल, विक्रम बोगटी र सुमन श्रेष्ठ तरुण दलको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।