जन्मदिनका अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई सहयोग
- १ असार २०८०, शुक्रबार
- 299 पटक पढिएको
म्याग्दी १ असार । म्याग्दीको बेनी बजार निवासी दिलबहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्नुभएको छ । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएर हाल बेनीमा बसोबास गर्दै आउनुभएका ७८ बर्षिय आश्रमका बृद्धबृद्धाहरुलाई जनही नगद रु ५ सय सहयोग गर्नुभएको हो ।
शुक्रवार ज्येष्ठ नागरिक आश्रम परिसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता समेत रहनुभएका केसीले बृद्धबृद्धाहरुलाई सहयोग गरि जन्मदिन मनाउने उदेश्यले आफु बृद्धाश्रममा आएको बताउनुभयो । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, वडा अध्यक्ष चक्र केसी लगायतको समेत सहभागीता रहेको थियो ।