बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु
- ३१ जेष्ठ २०८०, बुधबार
- 327 पटक पढिएको
बेनी, ३१ जेठ : बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२ का वडा अध्यक्ष ओम फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार हुने गरि मर्मत गरेपछि सडकमा यातायात सूचारु भएको हो ।
सडक अबरुद्ध बनेपछि बिच बाटोमै रोकिएका सवारी साधन सडक सुचारु भएसंगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको ३ मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । मंगलवार राती बर्षासंगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो ।
यसैबिच बाढीले भुरुङतातोपानी बजारमा वितरण हुने खानेपानीको पाईप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ । करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब ५ सय मिटर बढी पाईपलाईन क्षति भएको छ । गाउँपालिकाले पाईप बगाएको ठाउँमा अर्को पाईपको बन्दोबस्त गर्ने गरि स्थानीयबासी खानेपानीको मर्मतमा जुटेका छन् । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पु¥याएको छ ।
कमल खत्री – – –