रेडक्रस, अर्थुङ्गे छाप उपशाखाको अधिवेशन सम्पन्न र जग्गादाता ध्रुवलाल शर्मा सम्मानित
- ७ जेष्ठ २०८०, आईतवार
- 445 पटक पढिएको
म्याग्दी ७ जेठ । नेपाल रेडक्रस सोसाइटी, अर्थुङ्गे छाप उपशाखाको दोस्रो अधिवेशन भएको छ।अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । सभाको उद्घाटन गर्दै नगरप्रमुख सुरत के.सीले भुमीदान महादान भएको र रेडक्रसमा उच्च योगदान पुर्याएका जग्गादाता साहित्यकार ध्रुवलाल शर्माको उच्च प्रशंसा गर्दै शिवमाला संगैं दोसल्ला र प्रशंसापत्र हस्तान्तरण गर्नुभयो । उपशाखाका सभापती कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा बिशिष्ट अतिथी नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखाका सभापती अमर वानियाले भुमीदान गर्नुहुने शर्माको उच्च प्रसंशा गर्दै अपुग जग्गा उपलव्ध गराउन अन्य जग्गादातासंग आह्वान गर्नुभएको थियो ।
अधिवेशनवाट नयाँ कार्यसमितिमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन समेत भएको छ । उक्त अधिवेशनबाट सभापतिमा दिपक हमाल निर्वाचित भएका छन् । उपसभापतिमा पशुपती शाही, सचिवमा बल बहादुर बिश्वकर्मा, कोषाध्यक्षमा श्यानीमाया कार्की, उपसचिवमा भगवान ढुंगाना, उप-कोषाध्यक्षमा तारानाथ रेग्मी र सदस्यमा बल बहादुर बानिया, चित्र बहादुर बरुवाल,महेन्द्र बानियाँ, लक्ष्मी खत्री र लाल बहादुर खत्री निर्वाचित भएका छन्। निर्वाचन अधिकारी नवराज पौडेलले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए।