रेडक्रसद्धारा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको घरदैलोमै गएर स्वास्थ्य परिक्षण
- २७ बैशाख २०८०, बुधबार
- 327 पटक पढिएको
म्याग्दी २६ वैशाख । नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाले विश्व रेडक्रस दिवसको अवसर पारेर रघुगंगा गाउँपालिका–३ पिप्ले वडाभित्रका सबै ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा सम्मान गरेको छ । वडाभित्र ८० बर्ष पार गरेका १०१ जना ज्येष्ठ नागरिक र १० जना अपांगता भएका व्यक्तिहरुको उनीहरुको घरआंगनमा नै पुगेर स्वास्थ्य परीक्षण गरिएको रेडक्रस पिप्ले उपशाखाका सभापति विनोद प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, स्वास्थ्यकर्मी र उपशाखाको टिम गाउँ बस्ती र टोलका घरघरमा पुगेर ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य परिक्षण संगै उनीहरुलाई सम्मान समेत गरिएको थियो । टोलीमा सहभागी स्वास्थ्यकर्मी अजित शर्मा र साधना शर्माले स्वयमसेवी रुपमा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । उक्त अवसरमा ज्येष्ठ नागरिकहरुलाई फलफुल र जुस समेत वितरण गरिएको थियो ।