ग्राम प्रकाश मावि लेखफाँटमा वाली विज्ञान विषयको पढाइ हुने

  • ६ बैशाख २०८०, बुधबार
  • 559 पटक पढिएको

 

पर्वत, ६ बैशाख । जलजला गाउँपालिका–५ लेखफाँटमा रहेको ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि ९ देखि १२ कक्षासम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो ।

नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राविधिक धारतर्फ (कक्षा ९–१२) वाली विज्ञान संचालनको लागी अनुदान उपलब्ध हुने भएपछि यसै शैक्षिक सत्रदेखि वाली विज्ञानको पढाइ शुरुहुने भएको विद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेलले बताउनुभयो ।


प्राबिधिक धारतर्फ वाली विज्ञानको पढाइ हुने भएपछि विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ । कृषि बिषय पढ्न जिल्ला बाहिर जानुपर्ने बाध्यता विद्यार्थीहरुलाई हटेको छ । उनीहरुले गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध हुने प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
२०१५ सालमा स्थापना भएको विद्यालयमा यस वर्षदेखि सुरु भएको प्राबिधिक विषयमा विद्यार्थीहरु भर्ना गरिदिन सम्पूर्ण अभिभावक र छिमेकी वडा र पालिकालाई आग्रह गरेको छ ।