दलित मुक्ती मोर्चा गण्डकीको नयाँ नेतृत्व चयन
- ३० चैत्र २०७९, बिहीबार
- 301 पटक पढिएको
पोखरा, ३० चैत । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा गण्डकीको नयाँ नेतृत्व चयन भएको छ । पोखरामा बिहिबार सम्पन्न मोर्चाको प्रथम सम्मेलनबाट बागलुङका कुबिर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा म्याग्दीका पदम किसान, कास्कीका सरस्वती परियार, सचिवमा गोरखाका रमेशबाबु विश्वकर्मा चयन हुनुभएको मोर्चाका प्रदेश ईञ्चार्ज टेकबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
सहसचिवहरुमा तनहुँका जौमाया बराल, लमजुङका देबबहादुर गहतराज, स्याङ्जाका राम परियार, पर्वतका विष्णु विश्वकर्मा र कोषाध्यक्षमा नवलपुरका प्रेम विश्वकर्मा चयन हुनुभएको छ । बुधबारदेखि शुरु भएको सम्मेलनको नेकपा माओवादी केन्द्रका नेता दलजित श्रीपालीले उद्घाटन गर्नुभएको थियो ।