कतारकी राजकुमारी आन्थानी अन्नपूर्ण हिमाल चढ्न म्याग्दीमा
- २२ फाल्गुन २०७९, सोमबार
- 696 पटक पढिएको
म्याग्दी, २२ फागुन । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दी आउनुभएको छ । आन्थानी हेलिकप्टर मार्फत अन्नपूर्ण गाउँपालिका–३ दानामा आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गरेको टोलीमा आउनुभएको हो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«कीङ कम्पनी मार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् । काठमाडौबाट अल्थानीको आरोहण टोलीका सदस्यहरु सिम्रिक एयरको हेलिकप्टर मार्फत निर्मल पुर्जाको जन्मथलो अन्नपूर्ण गाउँपालिका–३ दानामा आउनुभएको हो । स्थानीयले किर्तिमानी आरोहरण गर्ने पुर्जा र राजकुमारीलाई स्थानीयले भब्य सम्मान गरेका थिए ।
सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालहरुको आरोहण गरिसक्नु भएकी राजकुमारीले आफुलाई अन्नपूर्ण हिमालको आरोहण लगतै अन्य हिमालको समेत आरोहण गर्ने योजना भएको बताउनुभएको छ। यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणले म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो ।
सामग्रीहरु हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । सन १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेकी थिईन । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकासंगै प्रदेश र संघ सरकारले पदमार्ग, चौतारी, ठाटी लगायतको पुर्वाधार निर्माणले अन्नपूर्ण हिमालको बेसक्यामसम्म पुग्न सहज बनाएको छ ।