होलीलाई सुरक्षित र मर्यादित तवरले मनाउन आग्रह

  • २१ फाल्गुन २०७९, आईतवार
  • 783 पटक पढिएको

म्याग्दी २१ फागुन । फागुन २२ गते परेको होली पर्वलाई सभ्य, शिष्ट र स्वस्थकर र मर्यादित तवरले बनाउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले आग्रह गरेको छ । होली पर्वमा विभिन्न घटनाहरु हुने गरेको तर्फ सचेत गराउँदे एक सूचना जारी गरेर जिल्ला प्रहरी कार्यालयले होलीमा आपसी रुपमा खुसी साटासाट गरि रङ लगाउने बाहेक अण्डा, मोबिल, लोला तथा फोहोर पानीको प्रयोग नगर्न आग्रह गरेको छ ।
जर्वजस्ती रङ लगाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र असभ्य रुपमा होली खेल्नेलाई कानून बमोजिमको कारबाहि समेत हुने प्रहरीले जनाएको छ ।