रघुगंगामा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु

  • २० फाल्गुन २०७९, शनिबार
  • 461 पटक पढिएको

म्याग्दी २० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । शनिवार गाउँपालिका स्तरीय पार्टी कमिटीको कार्यालय मौवाफाँटमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी चैत ११ गते बेगबाट वडा स्तरमा उक्त अभियान चलाउने जनाइएको छ । रघुगंगामा उक्त अभियानको सुभारम्भ गर्दै (नेकपा माओवादी केन्द्र) का गण्डकी प्रदेश कमिटीका सहसचिब टेकबहादुर विश्वकर्मा पार्टीले सञ्चालन गरेको दुई महिने अभियानले पार्टीलाई थप गतिशिल र संगठीत बनाउँदै जनतामुखी पार्टीको रुपमा स्थापित गर्ने बताउनुभयो । उहाँले वडा र वस्ती तहमा पुगेर पार्टी र जनवर्गीय संगठनको गठन र पुर्नगठन संगै जनताका गुनासा र समस्याहरुको समेत पहिचान र टिपोट गरिने भएकाले अनताका अपेक्षा सम्बोधनमा समेत अभियानले सघाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य विनोद केसी, पालिका इन्चार्ज रिम कटुवाल, प्रदेश कमिटी सदस्य चिना हमाल, बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसी लगायतले अभियानको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वटा कमिटीका अध्यक्षहरुले वडामा पार्टीको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । पार्टीको पालिका कमिटी अध्यक्ष एवम् प्रदेश सभा सदस्य हरि भण्डारीले अभियानको क्रममा प्राप्त जनताका गुनासा र अपेक्षाहरुलाई सम्बोधन गर्नका लागि आवश्यक पहल लिने बताउनुभयो । उहाँले जनतामा निरासा पैदा हुन नदिन जनतामा रहेका विकासका चाहनाको सम्बोधन गर्न जरुरी रहेको र त्यसका लागि प्रदेश र संघीय सरकार मार्फत उचित पहलकदमी लिने बताउनुभयो । कार्यक्रमको सञ्चालन पालिका कमिटकिा सचिब भविन्द्र शेरवुजाले गर्नुभएको थियो ।