तीन दशकदेखि विद्यालयमा कार्यरत प्रअलाई पूर्वविद्यार्थीहरुको सम्मान
- १८ फाल्गुन २०७९, बिहीबार
- 838 पटक पढिएको
म्याग्दी १८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयमा विगत करिब तीन दशकदेखि विद्यालयमा कार्यरत प्रधानध्यापक जहुर आलमलाई पूर्वविद्यार्थीहरुले सम्मान गरेका छन् । वि.स. २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत आलमलाई विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा मल्कबाङ समाज युकेद्धारा नगद रु एक लाख सहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले प्रअ आलमलाई उक्त नगद सहित सम्मान प्रदान गर्नुभएको थियो ।
विद्यालयको स्तरवृद्धि भएर मावि सञ्चालन भएदेखि नै विद्यालयको प्रधानध्यापक भएर शिक्षण गर्दै आउनुभएका रौटहटको यमुनामय गाउँपालिका–३ मल्हिनियाका आलमले विद्यालयमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको मल्कबाङ समाज युकेका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
दुर्गम गाउँमा करिब ३ दशकदेखि शिक्षण गरी शैक्षिक विकास र सुधारमा योगदान पु¥याएको र उहाँ आगामी २०८० असोज ३गतेबाट अवकाश हुने भएकाले अवकास अगाबै पूर्वविद्यार्थीहरुको तर्फबाट सम्मान गरिएको छन्त्यालले बताउनुभयो । आफुलाई सम्मान गरेकोमा प्रअ आलमले पूर्व विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।