नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री

  • ८ फाल्गुन २०७९, सोमबार
  • 475 पटक पढिएको

 

बेनी, ८ फागुन । नेपाल शिक्षक संघ म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट नगेन्द्रबहादुर खत्रीको अध्यक्षमा पुन नयाँ कार्यसमिति गठन गरिएको छ । खत्री संघको अधिल्लो कार्यसमितिको पनि अध्यक्ष रहनुभएको थियो । समितिको उपाध्यक्षमा भिमकुमारी सुवेदी, उपाध्यक्षमा चन्द्रमान छन्त्याल, सचिवमा विनय श्रेष्ठ रहनुभएको छ ।

अर्थसचिवमा शिवदत्त रेग्मी, महिला सह–सचिवमा अन्जु पोख्रेल, अर्थ सह–सचिवमा भगवती शर्मा, सह–सचिवमा ज्ञानेन्द्र विक्रम शाह, समावेशी सहसचिवमा गिता सुवेदी र राजेन्द्र जिसी चयन हुनुभएको छ।

समितिको सदस्यहरुमा सुनिबहादुर बानियाँ, विमला बुढा सिंकिजा पुन, प्रेमबहादुर थापा, लिलबहादुर सुनार, रमेशप्रसाद पौडेल, रहनुभएको छ ।

आईतबार बेनीमा भएको नवौं अधिवेशन एवम् २३ औँ जिल्ला प्रतिनिधि सभाको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजाले गर्नुभएको थियो ।