मंगला गाउँपालिकामा २८.७३ प्रतिशत बजेट खर्च

  • ४ फाल्गुन २०७९, बिहीबार
  • धिरन खत्री
  • 656 पटक पढिएको

 

म्याग्दी, ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकामा चालु आथिर्क बर्ष २०७९/८० को सात महिनामा २८.७३ प्रशित बजेट खर्च भएको छ । माघसम्म चालु आवको ४३ करोड ६३ लाख ७० हजार ५४६ रुपैयाँ बजेटमध्ये १२ करोड ५३ लाख ७३ हजार ६७३ रुपैयाँ बजेट खर्च भएको हो । चालु आवको सात महिनामा विकास बजेट खर्च ८.१ प्रतिशत बजेट खर्च भएको छ । पुजीगतँतर्फ रहेको १५ करोड ५१ लख १ हजार रुपैयाँ बजेट मध्ये १ करोड २५ लाख ७३ हजार रुपैयाँ बजेट खर्च भएको लेखा प्रमुख भविलाल उपाध्या शर्माले जानकारी दिनुभयो ।

मंगलामा चालु आवमा रहेको १५० योजनाहरुमध्ये ९० योजना सम्झौता भईसकेका छन् । हालसम्म २० वटा योजना सम्पन्न भएको योजना अधिकृत सुदर्शन पौडेलले बताउनुभयो । यस फागुन महिना भित्र सबै योजना सम्झौता भएर कार्यान्वयनमा अघि बढ्ने छन्’– योजना प्रमुख पौडलले भन्नुभयो ।

चाडपर्व र निर्वाचन आचारसंहिताका कारण योजना सम्झौता र कार्यान्वयन ढिलाई हुदाँ पुँजीगत खर्च कम भएको प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर खत्रीले बताउनुभयो । “लागत स्टिमेट अनुसार योजना सम्झौता धमाधम भएका छन् । योजना सम्पन्न हुने वित्तिक्कै फागुनदेखि पुजीगत खर्च बढ्ने छ।”– प्रमुख प्रशासकिय अधिकृत खत्रीले भन्नुभयो । “पालिकाले ठुला योजना ठेक्का लगाईसकेका छौ । सम्झौता अनुसार योजनाको काम अघि बढिरहेका छन् ।”

पालिकाबाट सम्झौता हुन बाँकी रहेका योजनालाई कार्यान्वयनका लागि वडास्तरमा शिविर संचालन गर्ने तयारी भएको अधिकृत खत्रीले जानकारी दिनुभयो । ‘वडास्तरबाट छनोट भएर आएका योजनाहरु कार्यान्वयनमा कुनै समस्या छैन ।’
‘चालु आवमा ७८ लाख रुपैया राजश्व संकलन लक्ष्य रहेको गाउँपालिकामा हालसम्म २९ लाख ९८ हजार रुपैया संकलन भएको लेखाप्रमुख उपाध्यायले भन्नुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l