बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु

  • २८ पुष २०७९, बिहीबार
  • 457 पटक पढिएको

 

बेनी, २८ पुस : म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ को अवसरमा विभिन्न जातजाति, संघ संस्थाहरुले पहिचान झल्कने झाँकी निकालेका हुन् । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सीनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।