राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा जिसी निर्वाचित
- १ पुष २०७९, शुक्रबार
- 835 पटक पढिएको
बेनी, १ पुस । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट ध्रुव जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई, द्वितिय उपाध्यक्षमा पदम विश्वकर्मा, महिला उपाध्यक्षमा देबी जि.सी., सचिवमा बिजुन केसी, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सह–सचिवमा सुनिल बानियाँ र सह–कोषाध्यक्षमा नारायण पौडेल सर्वसम्मत चयन हुनुभएको छ । कार्यसमितिको सदस्यहरुमा बलबहादुर परियार, शंकर पौडेल, जीवन कार्की, तोपबहादर कार्की, रामकुमारी पुन, विजय परियार र राजकुमार परियार चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले म्याग्दी मौलिक कला र संस्कृतिमा धनी रहेकाले यहाँ लुकेर रहेका कला, प्रतिभा र संस्कृतिको उत्थानमा प्रतिष्ठानले भूमिका खेल्न आग्रह गर्नुभयो । प्रतिष्ठानका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता र पदम विश्वकर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।