तातोपानीमा योग शिवीर
- १ श्रावण २०७४, आईतवार
- 1985 पटक पढिएको
म्याग्दी, १ साउन । बेनी नगरपालीका ४ तातोपानी बजारमा योग शिवीर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुक्जालीको संयोजकत्वमा असार १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको शिवीरमा ३२ जना योगीहरुको सहभागीता रहेको थियो ।
स्वास्थ्य हाम्रो धन हो निरोगी हाम्रो जिवन हो भन्ने मुल नाराका साथ सञ्चालन भएको शिवीरमा योग गुरु शिवराज घिमीरेले प्रशिक्षण दिनुभएको थियो । योगलाइ निरन्तरता दिन बिरेन्द्रमान शाक्यको संयोजकत्वमा १३ सदस्यीय समिति समेत गठन भएको छ ।
सदस्यहरुमा भुवानी घर्ती, कुमार केसी, मनकुमारी बुढा, हरिलाल अधिकारी, माया बिक, डिलकुमारी पुन, लक्ष्मी श्रेष्ठ, मनबहादुर रोका, बिष्णु बानिया, मनिषा पौडेल, ईन्द्रमाया खाती, देउमाया फगामी रहनुभएको छ ।