म्याग्दीमा मतपेटिका संकलन सुरु
- ४ मंसिर २०७९, आईतवार
- धिरन खत्री
- 551 पटक पढिएको
म्याग्दीमा सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएसँगै जिसस सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भईरहेको छ ।
बेनी नगरपालिकाभित्रका मतपेटिका संकलन भईरहेको छ भने नगरापालिका बाहिरका मतपेटिका आउने क्रममा रहेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, १ सय २० मतदान केन्द्रका सबै मतपेटिका बाकस संकलन गरेर मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लामा खसेको मतको प्रतिशतको अन्तिम विवरण आईसकेको छैन् । म्याग्दीमा ८६ हजार १२० मतदाता रहेका छन् । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिकको मतपेटिका छुट्टाछुट्टै राख्ने ब्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयले ब्यवस्था गरेको छ ।
प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l