म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

  • ४ मंसिर २०७९, आईतवार
  • 911 पटक पढिएको

म्याग्दी ४ मंसिर ।  प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन्।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए।

 

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन्। रासस