गठवन्धनका उम्मेदवार जिताउन कांग्रेस र माओवादीको मौवाफाँटमा सयुक्त भेला

  • १३ कार्तिक २०७९, आईतवार
  • 587 पटक पढिएको

म्याग्दी, १३ कात्तिक । गठवन्धका उम्मेदवारलाई जिताउन रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ। आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा वडास्तरका नेता तथा कार्यकताको सयुक्त भेला गरिएको हो ।


नेपाली कांग्रेसका जिल्ला सभापति एवम् प्रतिनिधि सभाका उम्मेदवार खमविर गुर्वजा र माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष एवम् प्रदेश क्षेत्र क का उम्मेदवार हरि भण्डारीलाई विजयी गराउन वडा भेलाले सयुक्त रुपको मुलप्रचार समिति गठन गरेको छ।
आईतबार मौवाफाँटमा आयोजित वडास्तरीय सयुक्त भेलाले गठन गरेको वाम लोकतान्त्रिक गठवन्धन चुनाव प्रचार प्रसार समितिको संयोजकमा नेपाली कांग्रेसका वडा समितिका सभापति अशोक शाही र सह–संयोजक नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नारायण सुवेदी रहेका छन् ।

वाम लोकतान्त्रीक गठवन्धनको युवा प्रचार समितिको संयोजकमा दिनेश चन्द र शुशिल भण्डारी र सह–संयोजकमा जगत विक र विवेक शाही रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रेशम केसीले जानकारी दिनुभएको छ।

त्यस्तै चुनावी छलफल कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि शिव केसी, कांग्रेसका क्षेत्र क का उपसभापति भवबहादुर भण्डारी र नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिकाका इन्चार्ज रिम बहादुर कटुवाल लगायतले आगामी चुनावमा गठवन्धनका उम्मेदवारलाई जिताउन वडास्तरका नेता तथा कार्यकर्ताको भूमिकाबारे आ–आफ्नो धारणा र सुझाव राख्नुभएको थियो । उहाँहरुले जनताको संविधान र लोकतन्त्रको रक्षा लागि गठवन्धनलाई जिताउन पाटीबाट पाएको जिम्मेवारीलाई पुरा गर्न कार्यकर्तालाई निर्देशन गर्नुभएको थियो ।