म्याग्दी २४ असाेज । धौलागिरि चक्रिय पदमार्गको भ्रमणमा पर्यटकको बन्दोबस्तीका सामान बोकेर जान लागेका भरिया चौतारीमा भारी बिसाएर आराम गर्दै । पर्यटकीय याम भएपनि प्रतिकूल मौसमका कारण पर्यटकलाई समस्या भएको छ । बेनीदेखि धवलागिरी गाउँपालिकाकाे वडा नम्बर ४ मुदी हुँदै अाधार शिविर पुगेर धाैलागीरी हिमाललाइ फन्काे मारेर पर्यटकहरू मुस्ताङकाे लेते निस्कने गर्छन् । साहसी पर्यटकहरूकाे लागी याे पदमार्ग राेजाइमा पर्ने गरेकाे छ । तस्बिरः रासस