बेनीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • १५ आश्विन २०७९, शनिबार
  • 401 पटक पढिएको

 

बेनी, १५ असोज : आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दी सदरमुकाम बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बिच मुख्य निर्वाचत अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीस कृष्णप्रसाद शर्मा नेपालले मुख्य निर्वाचत अधिकृतको कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यालय स्थापना संगै निर्वाचन प्रकृयाको आबश्यक तयारी समेत सुरु भएको छ ।

जिसस सभाहलमा स्थापना भएको कार्यालयमा मनोनयन दर्ता, मतगणना लगायत निर्वाचन संग सम्बन्धीत अन्य गतिविधि र कार्यहरु सञ्चालन हुनेछन् । कार्यालय उद्घाटन पश्चात आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिले सरोकारवालासंग निर्वाचनको समयमा आचारसंहिता पालनाको सन्दर्भमा अन्तक्रिया समेत गरेको गरिएको थियो । निर्वाचतलाई स्वच्छ, शान्त र मर्यादित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तयार गरेको आचारसंहितालाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा मुख्य निर्वाचत अधिकृत नेपालले जोड दिनुभयो ।

राजनीतिक दलहरु र उम्मेदवारहरुले आचार संहितालाई पालना गरेमा निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न सकिने उहाँको भनाई थियो । असोज २३ गते हुने मनोनयन दर्ताको क्रममा ठूलो ¥याली र बाजागाजालाई रोक लगाइने भएको छ । आचार संहितमा उल्लेख भए बमोजिम उम्मेदवारहरुले बढीमा २५ जना मात्रै सहभागी गराएर मनोनयन दर्ता गर्न आउन जिल्ला निर्वाचत अधिकारी भिमप्रसाद घिमिरेले आग्रह गर्नुभयो ।

उहाँले असोज २२ गते जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुसंग थप छलफल गरि २३ गते हुने मनोनयन दर्तालाई सरल र सहज रुपमा सम्पन्न गर्ने गरि आवश्यक तयारी थालिएको बताउनुभयो । कार्यक्रमा जिल्ला स्थित राजनीतिक दल र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले समेत निर्वाचनमा मतदाता र उम्मेदवारको सुरक्षा संगै निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो ।