गाै बाेमबस्तमा बडा दसैं तथा तिहारकाे शुभकामना आदन-प्रदान

  • १० आश्विन २०७९, सोमबार
  • 735 पटक पढिएको

प्रकाश अधिकारी,

देविस्थान, १० म्याग्दी । हिन्दु हरुको महान चाड बडा दसैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसर पारेर मालिका ५- म्याग्दीकाे श्री गाै बाेमबस्त माध्यामिक विद्यालयमा पहिलाे पटक विद्यालयमा दसैं विशेष कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा अध्ययरत साना विद्यार्थीहरुलाई शिक्षकहरुले टिका र आर्शिबाद दिएर विद्यालयले दसैं सोमबार मनाएको हो ।

गाै बाेमबस्त माध्यामिक विद्यालयमा मन्टेश्वरी र कक्षा १० सम्ममा अध्ययरत ३ सय जना विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक अमृत बुढाथाेकी सहित अन्य शिक्षक तथा शिक्षीकाहरुले दशैंको टिका लगाइ दिएका थिए । ‘चार्डपर्व भित्रिएको हुनाले विद्यालयमा आफुले दशैको कार्यक्रमम राखेको प्रधानाध्यापक अमृत बुढाथाेकीले भन्नुभयाे, ‘विद्यार्थीलाई दशैको अनुभूति र सांस्कृतिक महत्व बुझाउन नवरात्री पहिलाे दिन घटस्थापनामा विद्यालयमा दसैं कार्यक्रम राखेका हौं ।’

सोही अवसरमा विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावक बीच बिजयी दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष पीपला बुढाथाेकीले शिक्षक, विद्यार्थी, अभिभावकहरुलाई शुभकामना दिनुभएकाे थियाे ।