बेनी बोर्डिङ कपमका लागि बुद्ध एकेडेमी र बेनी सामुदायिक मावि भिड्दै

  • १० आश्विन २०७९, सोमबार
  • 565 पटक पढिएको

म्याग्दी १० असोज । बेनीमा जारी एघारौँ बेनी बोर्डिङ्ग कपको फाइनलमा बुद्ध एकेडेमी र बेनी सामुदायिक माविले प्रतिस्पर्धा गर्दै छन् । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको आज विहान फाइनल भिडन्त हुँदै छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा प्रतिस्पर्धीलाई निकै कसिलो अन्तरले पराजित गदै दुबै विद्यालयले फाइनलको यात्रा तय गरेका हुन् ।

सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बुद्ध एकेडेमीले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४ का बिरुद्ध ५ गोल प्रहार गरेको थियो । निर्धारित समयमा गोलरहित भएपछि पेनाल्टी सुटआउटमा बुद्धले पराजित गरेको हो ।त्यस्तै बेनी सामुदायिक माविले लिटल गार्डेन एकेडेमीलाई ०–१ ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बेनी सामुदायिकले एक गोलले अग्रता लिएको अवस्थामा लिटल गार्डेनले बराबरीको प्रयास गरेपनि असफल भएको थियो । सेमिफाइनमा रोक्दै फाइनलमा प्रवेश गरेको बुद्ध एकेडेमी र बेनी सामुदायिक माविले प्रतियोगिताको च्याम्पियन हुने तयारीमा छन् । प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १० हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।