अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृष्य (तस्विरमा)
- ९ भाद्र २०७९, बिहीबार
 - 1063 पटक पढिएको
 
बेनी, ९ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीय स्थल खोप्रालेकबाट  देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृष्य । समुद्री सतहदेखि ३६१० मिटर उचाईमा अवस्थित खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको आइसफलको दृष्य समेत अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण –धौलागिरि सामुदायिक पदमार्गले समेटिएको खोप्रा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ ।

 
 
तस्बिर : कमल खत्री