कालीबराहमा मुर्तिको प्राण प्रतिष्ठा, लेतेमा सम्मान
- २८ श्रावण २०७९, शनिबार
- 485 पटक पढिएको
सुशीलबाबु थकाली
मुस्ताङ, २८ साउन । स्वर्गीय राम गौचनको १५ औं स्मृति दिवसको अवसरमा मुस्ताङको थासाङ गाउँ पालिका स्थित कालिबराह थानमा मुर्ति स्थापना गरिएको छ । राम– गौचन फउण्डेसनकी अध्यक्ष बिमला गौचनको पहलमा कालिबराह थानमा कालिबराह मुर्तिको औपचारिक रुपमा प्राण प्रतिष्ठा गरिएको हो । सोही कार्यक्रमका बीच स्थानीय तह निर्वाचन– २०७९ बाट निर्वाचित मुस्ताङको थासाङ गाउँ पालिका सहति पाँच ओटै वडाका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने सोही कार्यक्रमकाबीच नेपाल पत्रकार महासँघका सचिव सुशीलबाबु थकाली र गाउँपालिकाका इन्जिनियर श्याम मिजारलाइ समेत भव्य रुपमा सम्मान गरीएको थियो ।
राम–बिमला फाउण्डेसन म्याग्दीको आयोजनामा भएको उक्त कार्यक्रममा स्वर्गीय राम गौचनको मुक्तकण्ठले प्रशंसा गरिएको थियो । फाउण्डेसनको अध्यक्ष तथा स्वर्गीय राम गौचनकी धर्म पत्नि बिमला गौचनको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वर्गीय राम गौचनको जीवनकथा र उहाँको संघर्षको बयान स्मरणीय रहेको थियो ।यसैबीच स्वर्गीय राम गौचनले लामो समय सामाजिक, राजनैतिक, आर्थिक, व्यवसायीक, पर्यटन, शैक्षिक र निर्माण व्यवसाय लगायतका क्षेत्रहरुमा पु¥याउनु भएको योगदानको चर्चा समेत गरिएको थियो । सोही कार्यक्रमका बीच राम– बिमला फाउण्डसनकी अध्यक्ष बिमला गौचनले मुस्ताङको थासाङ गाउँ पालिका अन्तरर्गत कालिबराह लेकमा कालिबराह थानको मुर्ति प्राण प्रतिष्ठाको समेत स्थापना गर्नुभको थियो ।
मुस्ताङको थासाङ गाउँपालिका भित्रको पर्यटनलाइ प्रवद्र्धन गर्न र बिकास गर्न मुर्ति स्थापना आवश्यक रहेको फाउण्डसनकी अध्यक्ष बिमला गौचलने बताउनुभयो । बिक्रम सम्वत् २०४० सालतिर व्यवसायको शिलशिलामा मुस्ताङबाट म्याग्दीको सदरमुकाम बेनी झर्नु भएका गौचन दम्पतिले सुरु गर्नुभएको सामान्य होटल तथा रेष्टुरेण्ट व्यवसायले नै आज जीवनको मोडहरु परिवर्तन गरिदिएको छ । सफल व्यवसायीको रुपमा छोटो समयमै आफ्नो नाम र व्यवसाय सदरमुकाम अनि आसपासका जिल्लाहरुमा परिचित गराउनु भएका स्वर्गीय राम गौचनको भौतिक शरिर हामी माझ नभएता पनि आम मुस्ताङबासी र नेपालीहरुकोे लागि भने सधैं मानसपटलमा छाइरनेछ । फाउण्डेसनकी अध्यक्ष बिमला गौचनका अनुसार स्वर्गीय गौचनले दुखी गरीबहरुको लागि सधैं दिलो ज्यान दिएर लागिपर्ने गरेको बताउनुभयो । तत्कालीन अवस्थामा मुस्ताङ जस्तो बिकट ठाउँमा जन्मेर पनि शैक्षिक उन्नयनको लागि सधैं आवाज उठाइरहनु चानचुने कुरा नभएको अध्यक्ष बिमला गौचनले बताउनुभयो, उहाले भन्नुभयो–“ मेरो श्रीमान् दीन दुखि अनि गरिबहरुको लागि भगवान सराबर हुनुहुन्थ्यो , उहाँले भन्नभयाे । मुस्ताङकै माटो र ढुङ्गाको आकारसँगै पौठेजोरी गर्दै हुर्केको गौचन लामो समय शिक्षण पेशामा समेत आवद्ध हुनुभयो । मुस्ताङको भूगोलसँग चिर परिचित गौचन राजनैतिक क्षेत्रमा समेत कृयाशील भएर लागिपरेको अध्यक्ष बिमला गौचनले बताउनुभयो ।
लोभ लालच भन्दा पनि समाजको लागि सकारात्म भएर अगाडी बढ्न आजको महिलाहरुलाइ गौचनले आग्रह गर्नुभयो । आफू स्वयं एकल महिला भएको र समाजमा एकल महिलालाइ हेर्ने नजर नै भिन्न भएकोले गर्दा सम्पूर्ण नारीहरुलाइ यस बिषयमा गम्भिर भएर सोच्नको लागि समेत आग्रह गर्नुभयो । आफ्नो पौरख र मेहनतलाइ शिरोपर गर्न कहिल्यै पनि कन्जुस्याइ गर्न नहुने समेत गौचनले बताउनुभयो, उहाँले भन्नुभयो–“अहिलेको समयमा महिलाहरुले नै लोकतन्त्रलाइ बचाउन सक्छ र यो सम्भव पनि छ ।” कार्यक्रमकै बीचमा गौचनले सम्मानित जनप्रतिनिधीहरुलाइ आफ्नो गाउँ र वडाको बिकासका लागि निरन्तर अघि बढ्न समेत आग्रह गर्नुभयो ।
एमाले– काँग्रेस– माओबादी भन्ने कुरा चुनावको बेला मात्रै हुन्छ । अब जनताको लागि काम गर्न अहोरात्र खट्न समेत गौचनले जनप्रतिनिधीहरुलाइ सम्झाउनुभयो । सबैभन्दा ठूलो कुरा संस्कार र अनुशासन रहेको गौचलनले बताउनुभयो, उहाँले भन्नुभयो–“अरुको सम्मान र कदर गर्न सिक्नु नै आम मानिसको कर्तव्य रहन्छ ।” उहाँको अनुसार सम्पूर्ण जनप्रतिनिधीहरुको बफादारीता र इमान्दारीता नै सबैभन्दा ठूलो कुरा हो, गौचनले बताउनुभयो । साथसाथै समग्र मुस्ताङमा पर्यटनको अथाह सम्भावना हुँदाहुदै पर्यटनको बिकास गर्न थासाङका जनता र जनप्रतिनिधीहरु चुपचाप रहेकोमा समेत गौचनले दुखेसो पोख्नुभयो ।
त्यसैेले समग्र थासाङको बिकासमा सबैजना लाग्न र पर्यटनको उन्नयनमा गम्भीर भएर सोच्न समेत अध्यक्ष बिमला गौचनले बताउनुभयो । स्वर्गीय राम गौचन नेपाली काँग्रेस पार्टिका एक सच्चा योद्धा, कर्मठ, ईमान्दार र जुझारु व्यक्तित्व रहेको समेत गौचनले बताउनुभयो । उहाँकोे अनुसार स्वर्गीय गौचनको जन्मथलो मुस्ताङको लेतेमा भएपनि कर्मथलोको रुपमा म्याग्दीलाई बनाउनुभएको थियो । यसैबीच थकाली सेवा समितिका केन्द्रीय उपाध्यक्ष शान्ति तुलाचनले एकल महिला भएर पनि यस किसिमको साहसिक कार्य प्रशंसायोग्य रहेको बताउनुभयो ।
समाजमा जो कोहीले पनि यस प्रकारक कार्यहरु तुरुन्तै आट्न नसक्ने हुँदा गौचनको यो कार्य सबैको लागि प्रेरणाको श्रोत बन्न सक्ने तुलाचनले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै समाजसेबी एबम् निर्माण व्यवसायी कृष्णकुमार शेरचनले स्वर्गीय राम गौचनको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । शेरचनका अनुसार स्वर्गीय राम गौचनले बित्तिय र राजनैतिक क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गीय राम गौचनले पु¥याउनु भएको यस अतुलनिय कार्यमा फाउण्डेसनका अध्यक्ष बिमला गौचनले गर्नुभएको कार्य आफैमा स्राहनीय भएको समेत शेरचनको जिकीर रहेको छ ।