राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार
- २८ श्रावण २०७९, शनिबार
- 845 पटक पढिएको
म्याग्दी २८ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । भू–तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको लागत अनुमानसहित डिपिआर तयार गरिएको जानकारी दिनुभयो ।
