धान रोपाइँको रौनक (फोटो फिचर)
- ३ असार २०७९, शुक्रबार
- कमल खत्री
- 1799 पटक पढिएको
बेनी, ३ असार । म्याग्दीको मंगला गाउँपालिका–२ रनबाङमा ट्याक्टरले खेत जोतेर धान रोपाई गर्दै गरेका स्थानीय । असारको सुरुवातसंगै म्याग्दीका किसानलाई धान रोपाइँको चटारो बढेको छ । मुख्य खाद्य बालिको रुपमा म्याग्दीमा धान खेती हुने गरेको छ । तल्लो र मध्य पहाडी भेगसम्म नै धान खेती हुँदै आएको छ ।
यस बर्ष प्रयाप्त बर्षा नभएकाले अझै धान रोपाइँ धमाधम रुपमा हुन सकिरहेको छैन्े । सिचाइँको सुविधा रहेको क्षेत्रमा मात्रै रोपाइँमा व्यस्त छन किसानहरु । पछिल्लो समय धान रोपाइँमा यान्त्रीकरणको प्रयोग बढेको छ । परम्परागत रुपमा गोरुले जोतेर धान रोपाइँ हुँदै आएकोमा पछिल्लो समय यान्त्रिकरणको प्रभाबका कारण छिटो छरितो र सुविधायुक्त हुने भएकाले किसानहरुले ट्याक्टरले जोतेर खेतमा धान रोपाइँ गर्न थालेका छन् ।
तस्वीर : कमल खत्री
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l