हराइरहेको तारा एयरको जहाजमा एकै परिवारका सात जना
- १५ जेष्ठ २०७९, आईतवार
- 763 पटक पढिएको

१५ जेठ ढल्केवर । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ। उक्त जहाज आइतबार विहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको छ। तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए। त्यसमध्ये धनुषाको मिथिला नगरपालिका(११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।
विमानमा मिथिला नगरपालिका(११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन्।
उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलेको छ। गाउँमा चिन्ता छाएको छ।