बुद्धिजीवी परिषदको अध्यक्षमा सुवेदी
- २५ फाल्गुन २०७८, बुधबार
- 956 पटक पढिएको
म्याग्दी, २५ फागुन । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनले गोरखनाथ सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । परिषदको उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन हुनुभएको छ ।
यसैगरी परिषदको कार्यसमिति सदस्यहरुमा किसन पुन, भगवान कार्की, भगवान ढुङ्गाना, दिर्घबहादुर खड्का, विनोद केसी, बिमल बरुवाल, खगेश्वर रिजाल, टेकप्रसाद सुवेदी, कर्णबहादुर खत्री र श्यामबाबु सिंह चयन हुनुभएको बुद्धिजीवी परिषद नेपाल म्याग्दीले जनाएको छ ।
अधिवेशनको बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज विधान आचार्य र प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।