निजामती कर्मचारी संगठनको अध्यक्षमा केसी

  • २५ फाल्गुन २०७८, बुधबार
  • 840 पटक पढिएको

म्याग्दी, २५ फागुन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा सोम बहादुर केसी निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा आयोजित संगठनको एघारौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको हो । संगठनको नवनिर्वाचित समितिको उपाध्यक्ष महिलामा तेज कुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ आचार्य, सचिवमा सागर सुवेदी, सहसचिवमा कलादेवि रिजाल र कोषाध्यक्षमा प्रकाश सुवेदी चयन हुनुभएको छ ।

अधिवेशनमा प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरेपछि यहाँका चार वटा पालिकाहरु दुर्गममा परेको बताउँदै पालिकामा खटिएका कर्मचारीलाई दुर्गम भत्ता उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

उहाँले सरकारी कार्यालयमा काम गर्ने सरकारी कर्मचारीहरुको कार्यशैली जनमैत्री हुन आवश्यक रहेको बताउनुभयो । जनताको काम छिटो छरितो र सहज ढंगबाट सम्पादन गरिदिने कर्मचारीलाई जनताको साथ रहने भन्दै थापाले कर्मचारीलाई श्रम अनुसारको सेवा सुविधा उपलव्ध गराउने राज्यको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तेज प्रसाद निउरेले कर्मचारीको कार्य अवधि निस्चित गर्न आवश्यक रहेको बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष लेख बहादुर हमाल, निजामती कर्मचारी संगठन म्याग्दीका पूर्व अध्यक्ष याम बहादुर चोखाल, शिक्षक संगठनका निवर्तमान अध्यक्ष जयराम सुवेदी, संगठनका मंगला गाउँपालिका अध्यक्ष राजेन्द्र आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशन कार्यवाहक अध्यक्ष चित्रनाथ शर्माको अध्यक्षता, लिला गौतमको स्वागत र सोम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।