दुलेपानीमा माओवादी केन्द्रको टोल कमिटी गठन
- २४ फाल्गुन २०७८, मंगलवार
- 854 पटक पढिएको
पिप्ले, २४ फागुन । रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । मंगलबार दुलेपानीमा भएको टोल भेलाले होमबहादुर परियारको नेतृत्वमा ११ सदस्यीय टोल कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा हर्क परियार, सचिवमा एरिन मल्ल रहेको वडाकमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । कमिटीको सदस्यहरुमा कुमार परियार, उर्मिला मिजार, विमला परियार र कमला परियार रहेका छन् ।
गाउँपालिका इन्चार्ज रिमबहादुर कटुवाल वडा कमिटी अध्यक्ष सुवेदी, उपाध्यक्ष दिनेश विक र सचिव प्रकाश सुवेदीको उपस्थित रहेको थियो ।