अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः बेनीमा निकालियो महिला पञ्चेबाजा सहितको ¥याली (फोटो फिचर)
- २४ फाल्गुन २०७८, मंगलवार
- कमल खत्री
- 764 पटक पढिएको
बेनी, २४ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुले नै बजाएको पञ्चेबाजा सहित ¥याली निकालिएको छ । बेनी नगरपालिकाको आयोजना र गैर सरकारी संस्था महासंघको समन्वयमा ¥याली निकालिएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
तस्वीर : कमल खत्री
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l