गुर्जाकाे ओमथान खोलामा ट्रस पुल निर्माण
- २३ फाल्गुन २०७८, सोमबार
- 949 पटक पढिएको
गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु ३० लाख ९३ हजार ३५२ मा सम्झौता भएको थियो । पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन् । टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो । धौलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुलमध्ये पाँच वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताउनुभयो ।